Section 9F
अपराधी वा अभियुक्तलाई सुपुर्दगी गर्न सक्ने

(१) दफा ९क. बमोजिमको अपराध गर्ने व्यक्ति गैर नेपाली नागरिक भए र त्यस्तो व्यक्तिको सुपुर्दगीको लागि आफ्नोे क्षेत्रमा वा आफ्नोे दर्ताको वायुयान विरुद्ध अपराध भएको राष्ट्रले माग गरेमा सपुर्दगी ऐन, २०७० मा जुनसुकै कुरा लेखिएको भएतापनि त्यस्तो व्यक्तिलाई नेपाल सरकारले सुपुर्दगी गर्न सक्नेछ । र त्यसरी सुपुर्दगी नगरिएको अवस्थामा त्यस्तो व्यक्तिलाई सजायँ गराउन नेपालको अदालतमा मुद्दा चलाइनेछ ।
(२) सुपुर्दगी गर्ने सम्बन्धमा दफा ९क. अन्तर्गतको कुनै अपराधलाई जुनसुकै स्थितिको व्यक्तिबाट जुनसुकै उद्देश्यले भए गरेको भए पनि राजनैतिक अपराध मानिनेछैन ।